कोमल वलीको रिसोर्टमा पुगे कृष्णबहादुर महरा

घोराही । नेकपा (एमाले)की केन्द्रीय सदस्य कोमल वलीले नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरालाई आफ्नो होटलमा स्वागत सत्कार गरेकी छिन् ।

शुक्रबार दाङको तुलसीपुरमा रहेको ‘कोमल होटल एण्ड रिसोर्ट’मा वलीले पूर्वसभामुख महरालाई स्वागत गरेकी हुन् । एमाले नेतृ वलीले तुलसीपुरमा रिसोर्ट सञ्चालनमा ल्याएकी छिन् ।

पूर्वमन्त्री समेत रहेका माओवादी नेता महरा केही समय रिसोर्टमा बसेर बाहिरिएका छन् । रिसोर्टमा वली र महराले सामान्य दिनचार्यका कुराकानी गरेको बुझिएको छ ।

सुन तस्करी काण्ड, यौन काण्ड लगायतका काण्डैकाण्डमा परेर विवादित छवि बनाएका महरा लामो समयपछि बाहिर देखिएका छन् । महरालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साथ दिएका छैनन् । दाहाल प्रधानमन्त्री भएका बेला महरालाई थुनामा परेका थिए ।

सुन तस्करी काण्डमा पक्राउ परेर छुटेपछि महरा चर्चामा छैनन् । महरा सार्वजनिक कार्यक्रमहरूमा पनि देखिएका छैनन् । एमाले नेतृ वलीले महरा आफ्नो रिसोर्टमा आएको तस्बिर सामाजिक सञ्जालमार्फत सवार्जनक गरेकी छिन् ।

Published : Friday, 2024 September 13, 2:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया