एमाले नेता पोखरेलकी पत्नी अञ्जला सहकारीको ११ करोड अपचलन गरेपछि कालोसूचीमा

ईटहरी । सहकारीको ११ करोड अपचलन र हिनामिना गरेको अभियोगमा अञ्जला कोइराला पोखरेल कालोसूचीमा परेकी छिन् ।

कालोसूचीमा परेकी अञ्जला संसदको सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमालेका नेता ऋषिकेश पोखरेलकी पत्नी हुन् ।

अञ्जलासहितका सहकारीका सञ्चालक कालोसूचीमा परेका छन् । अञ्जला शिक्षिका पनि हुन् । उनलाई सहकारीमा करिब ६ वर्ष सञ्चालक बनाइएको थियो ।

२०७२ देखि सञ्चालक रहेकी अञ्जला सहकारी संकटमा पर्न थालेपछि २०७८ मा संस्थाबाट अलग भएकी थिइन् ।

सहकारीपीडितहरूले अध्यक्ष शम्भुप्रसाद रौनियार र सञ्चालक अञ्जलासमेत विरुद्ध कोशी प्रदेशको सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयमा उजुरी दिएका छन् ।

Published : Sunday, 2024 September 15, 12:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया