सभापति देउवाद्वारा अध्ययन स्रोत केन्द्र विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

आइतबार सभापति देउवाले विभागमा १० जना सदस्यहरू मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ । देउवाले विभागका प्रमुख अजयवावु शिवाकोटीको सिफारिसमा सदस्यहरू मनोनयन गरेका हुन् ।

सदस्यहरूमा मनोनयन हुनेमा पूर्णलाल श्रेष्ठ (काठमाडौं), पुष्पराज जोशी (कैलाली), डा. राजेन्द्र श्रेष्ठ (दोलखा), नृप साउँद (अछाम), ई. प्रकाश राय (महोत्तरी) रहेका छन् ।

महेन्द्र लामा (सिन्धुपाल्चोक), विपिन किरण (सुनसरी), ई. आयुष गौतम (अर्घाखाँची), चन्दा क्षेत्री (स्याङ्जा) र प्रवीण ददेल (रूकुम पश्चिम)लाई पनि सदस्यमा मनोनयन गरिएको छ ।

Published : Sunday, 2024 September 15, 2:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया