त्यो पुलिसलाई मैले चिनेको छु, गाडीले हानेर मारिदिन्छु : अराजक ट्याकसी ड्राईभर

काठमाडौं । मेडिकल माफिया दुर्गा प्रसाइँको ट्याक्सी आन्दोलनमा सहभागी एकजना युवकले पुलिसलाई मारिदिने धम्की दिएका छन् ।

शुक्रबार काठमाडौंमा प्रसाइँले उचालेर ट्याक्सी ड्राईभरहरुलाई सडकमा उतारेका थिए । आन्दोलनमा सहभागी घुसपैठ गरेकाहरुले प्रहरीमाथि आक्रमणको प्रयास समेत गरेका थिए ।

त्यस क्रममा रातो टिसर्ट लगाएका एकजनाले प्रहरीलाई चिनेको भन्दै मार्ने धम्की दिएका छन् । नाम नखुलेका ती युवकले पुलिसलाई आफूले चिनेको र सिभिलमा भेटेपछि मार्ने धम्की दिएको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ ।

ती युवकले भनेका छन्, ‘मलाई तीन चारचोटी हात हाल्यो । मैले चिनेको छु । त्यो मान्छेलाई सिभिलमा भेटे भने के गर्नुपर्छ मलाई थाहा छ सर । गाडीले हानेर मारिदिन सक्छु पुलिस भनेर होइन ।’

शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार संविधानले सबैलाई दिएको छ । आन्दोलनको नाममा अराजकता मच्चाउने, शान्ति सुरक्षा खलबलाउने, सर्वसाधारणलाई आन्दोलनका नाममा दुःख दिने अधिकार कसैलाई पनि छैन ।

सडकमा उत्रिएका प्रसाइँ समर्थक केही अराजक ट्याक्सी ड्राईभरहरुले शान्ति सुरक्षालाई खलबलाउन खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । प्रहरीको शान्ति सुरक्षा बनाउने प्रयासलाई सबै नागरिकले ती युवकले जस्तै हत्या गर्छु भनेर हिँड्ने हो भने मुलुकको अराजकता तर्फ जानेछ ।

पुलिसकै हत्या गर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएर राज्य र प्रहरी प्रशासनलाई चुनौती दिने यस्ता अराजक समूहका नाईकेलाई प्रहरीले कारबाही गर्छ वा गर्दैन हेर्न बाँकी छ ।

हिंसात्मक अराजक र उत्तेजक दिने ती व्यक्तिले गाडीले हानेर मारिदिन्छु भनेको हुनाले ती युवक ट्याक्सी डाईभर हुन सक्छन् । उनको बारेमा धेरै थाहा हुन सकेको छैन । उनी ट्याक्सी डाईभर हुन् वा घुसपैठ गरेका व्यक्ति हुन् रहस्यको विषय छ ।

Published : Sunday, 2024 September 15, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया