मंसिर १६ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन निर्णय गरेको छ ।

बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

निर्वाचन आयोगले सरकारलाई मंसिर १६ गते उपनिर्वाचन गर्नका सुझाव दिएको थियो । निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष सहित ३९ पद रिक्त छ ।

काठमाडौंको कीर्तिपुर नगपालिका तथा मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद रिक्त छ ।

दोलखाका गौरीशंगर, कालीकोटको नलगाड र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रित्त रहेको छ ।

Published : Sunday, 2024 September 15, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया