हिंसा शब्द हटाउन माग गरेर माओवादीले अबरोध गरिरहेका बेला संसद अन्त्य गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले हिंसा शब्द हटाउन माग गरेर बबाल गरिरहेका बेला सरकारले संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन सोमबार रातिदेखि अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

सोमबार संसदको अन्तिम बैठक बसेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य हुनेछ । माओवादीले हिंसा शब्द संसदको रेकर्डबाट हटाउन माग गरिरहेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) हिंसा शब्द हटाउन आवश्यक नरहेको भन्दै मानिरहेका छैनन् ।

Published : Sunday, 2024 September 15, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया