मुस्ताङमा थकालीको घरमा प्रहरी छापा, पाँच जना पक्राउ

घरपझोङ । मुस्ताङ जिल्लामा राजकुमार थकालीको घरमा प्रहरीले छापामारेर जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।

घरपझोङ गाउँपालिका–३ स्याङ बस्ने ३२ वर्षीय थकालीको घरमा जुवातास खेलिरहेको अवस्थामा राजकुमार समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार ६ सय ६० रूपियाँ र २ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Wednesday, 2024 September 18, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया