सहकारी ठगीमा संलग्न रवि लामिछाने परेको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारको रकम अपचलन र ठगीबारे छानविन गर्न गठित संसदीय विशेष छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाउने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सूर्यबहादुर थापा क्षेत्री नेतृत्वको संसदीय समितिले बुझाएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बताए ।

गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीको करोडौं रकम अपचलन र ठगी गरेर लगिएको थियो । ठगी काण्डमा रास्वपाका सभापति रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न समितिले सिफारिस गरेको छ ।

सरकारले कांग्रेस र एमाले गठबन्धनको वर्तमान सरकारलेसरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गरेको छ ।

सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गठबन्धन दलहरूको प्रतिबद्धताबमोजिम कार्यदलले तयार गरेको सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गरिएको जानकारी दिएका छन् ।

‘कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिबमोजिम कार्यदलले तयार गरेर उपलब्ध गराएको सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता आजको बैठकबाट पारित भएको छ’, मन्त्री गुरुङले बताए ।

साझा संकल्प तयार गर्न कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा.प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।

कार्यदलले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धताहरूको मस्यौदा तयार गरी बुधबारै प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेको थियो ।

Published : Wednesday, 2024 September 18, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया