प्रधानमन्त्री ओली र सभापति देउवालाई कार्यदलद्वारा मस्यौदा हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरु सम्मिलित कार्यदलले तयार पारेको सरकारको साझा संकल्प तथा नीतिगत प्रतिवद्धताहरुको मस्यौदा दुई शीर्ष नेताहरुलाई बुझाएको छ ।

बुधबार सिंहदरबारमा कार्यदलका सदस्यहरुले प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई मस्यौदा बुझाएको हो ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता गगन थापा तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका थिए ।

Published : Wednesday, 2024 September 18, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया