सभापति देउवाद्वारा मावनअधिकार विभागका सदस्यहरु मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मानवअधिकार विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

बिहीबार सभापति देउवाले १० जना सदस्यहरु विभागमा मनोनयन गरेका हुन् । विभागकी प्रमुख धना खतिवडाको सिफारिसमा देउवाले सदस्यहरु मनोनयन गरेका हुन् ।

विभागको सदस्यहरुमा मनोनयन हुनेमा शर्मिला अधिकारी –झापा), दुर्गाबहादुर सुवेदी (धनकुटा), डा.वासुदेव गिरी (लम्जुङ), कृष्ण चौधरी (बारा), रोहित पौडेल (काठमाडौं) रहेका छन् ।

रामकृष्ण प्रजा (मकवानपुर), माया बराल (कास्की), मोहन परियार (रोल्पा), चन्द्रप्रकाश अधिकारी (जाजरकोट) र पुष्पराज पाण्डे (कञ्चनपुर) लाई सभापति देउवाले सदस्यमा मनोनयन गरेका छन् ।

Published : Thursday, 2024 September 19, 11:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया