नेपाली सेनाको टोली सैनिक अभ्यासका लागि चीन प्रस्थान

काठमाडौं । नेपाली सेनाको टोली संयुक्त सैनिक अभ्यासका लागि चीन प्रस्थान गरेको छ ।

सगरमाथा फ्रेण्डशिप अन्तर्गत नेपाली सेनाको टोली शुक्रबार चीनको चोङकिङतर्फ प्रस्थान गरेको विज्ञप्तिमा उल्लेख छ ।

विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र संघिय शान्ति मिसन लगायतका विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं विभिन्न प्रकारका पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको जङ्गी अड्डाले जनाएको छ ।

सोही अनुरूप नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाका फौजबीच सञ्चालन हुँदै आइरहेको अभ्यास सरगरमाथा फ्रेण्डसिपमा सहभागी हुन नेपाली सेनाको टोली असोज ४ गते चीन प्रस्थान गरेको छ ।

२०८१ असोज ५ गतेदेखि आश्विन १५ गतेसम्म चीनको चोङकिङमा सञ्चालन हुने उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघिय शान्ति मिसन, प्रतिआतंकवाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुनेछ ।

विक्रम संवत् २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो । नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आइरहेको सो अभ्यास कोभिड–१९ को महामारी पश्चात् केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको छ ।

Published : Saturday, 2024 September 21, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया