परराष्ट्रमन्त्री डा.राणा न्यूयोर्कमा, नेपाली समुदायबाट भव्य स्वागत

न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई नेपाली समुदायले अमेरिकाको न्यूयोर्कमा भव्य स्वागत गरेका छन् ।

स्थानीय समयअनुसार शनिबार मध्यान्ह डा.राणा न्यूयोर्क आइपुगेकी छिन् । उनी क्यानाडाबाट न्यूयोर्क आएको नेपाली कांग्रेसकी नेतृ मृदुला कोइरालाले बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणालाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी लगायतले विमानस्थलमा स्वागत गरेको कांग्रेस नेतृ कोइरालाले बताएकी छिन् ।

क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएर डा.राणा न्यूयोर्क आएकी हुन् ।

परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्ने राष्ट्रसंघका विभिन्न फोरममा सहभागिता हुनेछिन् ।

Published : Sunday, 2024 September 22, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया