मन्त्री राणाद्वारा प्यूठान एमालेका जिल्ला कमिटी सदस्यसहित झण्डै १ सय जनालाई कांग्रेसमा स्वागत

मसुरिया । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले नेकपा (एमाले) प्यूठान जिल्ला कमिटीका सदस्य नीमबहादुर घर्ती मगर, एमालेका नेता तथा वडाध्यक्षका प्रत्यासी दीपेन्द्र केसीसहित करीव १ सय युवाहरूलाई नेपाली कांग्रेसमा स्वागत गरेका छन् ।

बुधबार देउखुरीको मसुरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस प्यूठान क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति समेत रहेका मन्त्री राणाले मगर र केसीसहितका युवाहरूलाई पार्टी सदस्यता प्रदान गर्दै कांग्रेसमा प्रवेश गराएका हुन् ।

कांग्रेसमा प्रवेश गरेका एमालेका केसी प्यूठान नगरपालिका वडा ९ मा स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवार बनेका थिए । नेताहरू मगर, केसीको नेतृत्वमा एमालेका झण्डै एक सय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको प्यूठान कांग्रेसका उपसभापति देवेन्द्र बर्माले बताएका छन् ।

एमाले प्यूठान नगरपालिका वडा नम्बर ९ का वडा कमिटी अध्यक्ष जितबहादुर केसी, प्यूठान नगरपालिका वडा नम्बर ४ का एमाले अगुवा नेता केसु जैसीसहितका नेता कार्यकर्ताले एमाले परित्याग गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दीपेन्द्र केसीले कांग्रेसको अगुवाइमा मात्रै प्यूठानको विकासको सम्भावना रहेको बताए । उनले प्यूठानले कांग्रेसलाई खोजेको र कांग्रेसले प्यूठानको विकासको आवश्यकता पूरा गर्ने नेता केसीले बताए ।

एमाले जिल्ला कमिटी सदस्य मीनबहादुर घर्ती मगरले एमालेको हेपाहा प्रवृत्तिविरुद्ध आफूहरूले अभियान थालेकोले बताए । मगरले कांग्रेसका नेतृत्वमा प्यूठानको विकासका लागि आफूहरूले एमाले परित्याग गरेको र संगठन निर्माणमा काम गर्ने बताए ।

नेता मगरले स्थानीय तहको निर्वाचनमा एमालेले अन्तर्घात गरेको र एमालेभित्र सीमित नेताहरूको स्वार्थ हाबी भएकाले पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको बताए ।

प्रवेशमा प्यूठान कांग्रेसका पूर्व जिल्ला सभापति सुवास केसी, लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठ, प्यूठान कांग्रेसका उपसभापति देबेन्द्र बर्मा, नेपाल तरुण दलका केन्द्रीय सदस्य सुनिल बस्नेत, स्वर्गद्वारी–गौखुमी यातायात प्रालिका अध्यक्ष एवम् कांग्रेस नेता चन्द्रमान श्रेष्ठ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
३१ वर्षपछि प्यूठान जिल्लामा कम्युनिस्टहरूको किल्ला भत्काउँदै क्षेत्री सभापति समेत रहेका मन्त्री राणा विजयी भएका थिए । दोस्रो कार्यकालका लागि मन्त्री बनेका राणाले प्यूठानमा विभिन्न पार्टीका नेता कार्यकर्ताहरूलाई कांग्रेसमा समेट्दै आएका छन् ।
यसअघि, मन्त्री राणाले नेकपा (माओवादी केन्द्र)का नेता समेत रहेका स्वर्गद्वारी गौमुखी यातायातका अध्यक्ष समेत रहेका चन्द्रमान श्रेष्ठसहितका युवाहरूलाई कांग्रेसमा प्रवेश गराइसकेका छन् । श्रेष्ठ पनि स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा झिनो मतअन्तरले पराजित भएका थिए । श्रेष्ठ लोकप्रिय मानिन्छन् ।

त्यसैगरी मन्त्री राणाले भदौ २९ गते विभिन्न दल परित्याग गरेका झण्डै दुई सय नेता कार्यकर्तालाई जुम्रीमा आफ्नो स्वागत तथा सम्मानका लागि प्यूठान कांग्रेसले आयोजना गरेको कार्यक्रममा पार्टी प्रवेश गराएका थिए ।

Published : Wednesday, 2024 September 25, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया