हङकङ जनसम्पर्क समितिको सभापतिमा बोगटी चयन, तरुण अध्यक्ष गुरुङले गराए शपथ

हङकङ । नेपाली जनसम्पर्क समिति हङकङको १३औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस्थापना एवं सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

सन् २०२४ अक्टोबर १ तारिखको दिन हङकङमा उक्त कार्यक्रम सम्पन भएको हो । शैलेन्द्रसिंह बोगटीको सभापतित्वमा १३औँ अधिवेशनबाट कार्यसमिति निर्वाचित भएका छन् ।
१३औँ अधिवेशनबाट कार्यसमितिको सभापतिमा शैलेन्द्रसिंह बोगटी, उपसभापतिमा ओमराज गुरुङ र ताहिर खान चयन भएका छन् ।

महामन्त्रीमा खुशी लिम्बु र भविन लिम्बु, सह–महामन्त्रीमा किरण थुलुङ र प्रशान्त गुरुङ, कोषध्यक्षमा रामचन्द्र बिक, सह–कोषाध्यक्षमा उपेन्द्र बिक चयन भएको सभापति बोगटीले बताएका छन् ।

समितिको सदस्यहरूमा मिलन गुरुङ, बिकी गुरुङ, समिर गुरुङ, देव श्रेष्ठ, प्रशन गुरुङ र शेशाहाङ राई निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले निर्वाचित पदाधिकारीलाई शपथ गराएका छन् ।

तरुण दलका अध्यक्ष गुरुङले प्रवासी नेपालीहरूलाई जोड्न भारतमा प्रवासमा रहँदा वीपी कोइरालाले परिकल्पना गरी जनसम्पर्क समितिको स्थापना भएको बताएका छन् । उनले भने, ‘अहिले विभिन्न देशमा नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समितिहरू छन् । वीपी कोइरालाकै सोँचले नै जनसम्पर्क समितिको अबधारण आएको हो ।’

तरुण दलका अध्यक्ष गुरुङ र विशेष अतिथि प्रिती श्रेष्ठ गुरुङले निवर्तमान सभापति काजीमान गुरुङ र नवनिर्वाचित सभापति शैलेन्द्रसिंह बोगटीलाई मायाको चिनो प्रदान गरेका छन् ।

तरुण अध्यक्ष गुरुङले वर्तमान निर्वाचित कार्यसमितिलाई बधाइ दिँदै कार्यकाल सफलताको कामना एवम् निवर्तमान कार्यसमितिलाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका छन् । तरुण दलका अध्यक्ष गुरुङ असोज १९ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Published : Thursday, 2024 October 3, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया