कांग्रेसले साहित्य, कला तथा संस्कृति सम्बन्धी नीति निर्माणमा अवधारणा बनाउने

काठमाडौं । नेपाली कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागले साहित्य, कला तथा संस्कृति सम्बन्धी नीति निर्माण, परिमार्जन तथा आवश्यकता अनुसार अवधारणाको तयारी गर्न आगामी बैठकमा संक्षिप्त अवधारणा प्रस्तुत गरी छलफल गर्ने निर्णय गरेको छ ।

शुक्रबार वीपीनगर, ललितपुरमा बसेको विभागको बैठक अवधारणा ल्याउने निर्णय गरेको विभागकी प्रमुख विद्यादेवी तिमल्सिनाले बताएकी छिन् ।

‘नेपाली कांग्रेसको शुभेच्छुक संघ, भ्रातृ संघ संगठन, विभाग तथा अन्य समिति मार्फत समग्र सांगठनिक अवस्थालाई दृष्टिगत गरी सांगठनिक विस्तारमा क्रियाशील रहने र प्रादेशिक कार्यक्रम संचालन गर्ने’, विज्ञप्तिमा भनिएको छ ।

‘मुलुकमा घटित वाढी, पहिरोबाट भएको धनजन, भौतिक क्षती लगायतको प्राकृतिक प्रकोपप्रति गम्भीर ध्यानाकर्षण गर्दै जनधन गुमाउनेप्रति क्षतिपूर्तिको पहल गर्ने’, विभागकी प्रमुख तिमल्सिनाले जनाएकी छिन् ।

Published : Friday, 2024 October 18, 11:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया