न्युजिल्याण्डलाई आइसिसी टी-२० महिला विश्वकपको उपाधि

दुबई । आइसिसी टी–२० महिला विश्वकपको उपाधि न्युजिल्यान्डले पहिलो पटक जितेको छ ।
आइतबार राति दुबईमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराएको हो ।
६ पटकको च्याम्पियन अस्ट्रेलिया तथा एक÷एक पटकको उपाधि विजेताका वेष्ट इन्डिज र इङ्ल्यान्ड सेमिफाइनलबाट बाहिरिएपछि न्युजिल्यान्ड नयाँ इतिहास बनाउन सफल भयो ।
फाइनल खेलमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १ सय ५९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय २६ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्ड १४ वर्षपछि फाइनल पुगेर उपाधि जित्न सफल भएको छ ।
Published : Monday, 2024 October 21, 1:16 pm
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया