सहकारी ठगका आरोपी रविलाई बचाउन रास्वपाका नेता, कार्यकताबाट पीडितलाई लखेट्ने, धम्की र प्रलोभन

काठमाडौं । सूर्यदर्शन सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता, कार्यकर्ताहरूले घरघर पुगेर पीडितहरूलाई धम्क्याउने र प्रभावित पार्ने प्रयत्न गरेको जनाएका छन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखराले विज्ञप्ती जारी गरेर रास्वपाका नेता र कार्यकर्ताहरूले घरघरमा पुगेर पीडित बचतकर्तालाई भड्काउने गरेको जनाएका छन् । पीडितहरूले रास्वपाका नेता कार्यकर्ताहरूलाई पीडितलाई धम्काउने र प्रलोभनमा पार्ने काम नगर्न चेतावनी दिएका छन् ।

समितिले रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका नेता, कार्यकर्ताहरूले पोखराको शान्त वातावरण बिथोल्ने गरि पीडित बचतकर्ताविरुद्ध नाराबाजी गरिरहेको बताएका छन् ।

पीडितहरूको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका कार्यकर्ताद्वारा पीडित लखेटिएका छन् । पिटिएका छन् । यो विषयले हामी सहकारी पीडीत झनै शसंकित भएका छौं ।’

रास्वपाका निरन्तरको प्रदर्शनका कारण अदालत दबाबमा नपरोस् भनेर आफूहरूपनि सडकमा आउन बाध्य भएको सहकारीपीडितले बताएका छन् ।

रास्वपाका नेता कार्यकर्ताका कारण आफूहरू सडकमा आउन बाध्य हुनु परेको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत मित्र संघ कास्कीले जनाएको छ ।

पीडितहरूले रास्वपाका नेता, कार्यकर्ताबाट सहकारीपीडितलाई लखेटेको पनि बताएका छन् ।

समितिले रास्वपाका कार्यकर्ताबाट सहकारीपीडित लखेटिएको र कुटिएको आरोप लगाए । सहकारीको बचत र अनुसन्धानलाई नै प्रभाव पार्ने किसिमको कार्यक्रम दिनहुँ जसो पोखरामा भइराखेका समितिले जनाएको छ ।

Published : Wednesday, 2024 October 23, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया