सांसद भट्टचनको पहलमा जन्मस्थान जिल्लामा २ झोलुङ्गे पुलको डीपीआर सर्वे

जोमसोम । प्रतिनिधि सभाका सांसद देवीप्रकाश भट्टचनको विशेष पहलमा मुस्ताङको दुई वटा झोलुङ्गे पुलको डीपीआर सर्वे भएको छ ।

बुधबार लोघेकर दामोदरकुण्ड गाउँपालिकाको दामोदरकुण्ड पदमार्ग र थासाङको गुरुसाङ्वो गुफा जाने पदमार्ग २ वटा झोलुङ्गे पुलको डीपीआर सर्वे गरिएको सांसद भट्टचनले बताए ।

शहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभाग संस्पेन्सन ब्रिज डिभिजनका प्राविधिक र्ईन्जिनियरको टोली २ झोलुङ्गे पुलको डीपीआर सर्वे गरेको छ ।

सांसद भट्टचनले झोलुङ्गे पुलको डीपीआर सर्वेका लागि काठमाडौंबाट प्रभु एयरलाइन्सको हेलिकप्टरमार्फत ईञ्जिनियर प्रवेश रेग्मी र ईञ्जिनियर गोपालबहादुर थापालाई मुस्ताङ ल्याएका थिए ।

मुस्ताङको उच्चस्थानमा रहेको पवित्र धार्मिकस्थल दामोदरकुुण्ड जाने पदमार्ग सडकमा झोलुङ्गे बन्नेछन् । भगवान विष्णुको वासस्थानको रुपमा रहेको प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्ड जोमसोम–कोरला राजमार्ग हुँदै चराङ पुगेर तल झर्नुपर्छ ।

सांसद भट्टचनले मुस्ताङको थासाङ गाउँपालिका वडा नं. २ नाउरीकोट–गुरुसाङ्वो जोड्ने अर्को एक झोलुङ्े पुलको पनि डीपीआर सर्वे भएको बताएका छन् ।

भट्टचनले गुरु पद्यसम्भव ध्यान गरेर बसेको धार्मिक गुफा जाने पदयात्रीको सहजताका लागि त्यहाँ पुल निर्माणको प्रक्रिया अघि बढेको बताए ।

सांसद भट्टचनले आफ्नो जन्मस्थान मुस्ताङमै भएको र जन्मस्थानको विकासमा आफ्नो सक्दो सहयोग रहने बताएका छन् ।

Published : Wednesday, 2024 October 23, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया