लुम्बिनीमा कांग्रेसबाट तिमिल्सिना र कलवारले लिए मन्त्रीको शपथ

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसका दुई र जनता समाजवादी पार्टीका एक गरी तीन मन्त्रीले शपथ लिएका छन् ।

बिहीबार बिहान बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले बर्दियाका जन्मजय तिमिल्सिना, नवलपरासीका देवकरण कलवार र बाँकेका आदेश अग्रवाललाई मन्त्री पदको शपथ गराएका हुन् । शपथ कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कांग्रेसबाट मन्त्री पदको शपथ लिएका तिमिल्सिनाले सामाजिक विकास मन्त्रालय पाएका छन् । कांग्रेसका कलवारले वन तथा वातावरण मन्त्रालय र अग्रवालले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जना गरी मन्त्रीको संख्या ११ पुगेको छ ।

लुम्बिनी प्रदेशमा १२ मन्त्रालय छन् । युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । युवा तथा खेलकुद मन्त्रालयको भाग रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पाउने पक्का जस्तै छ ।

Published : Thursday, 2024 October 24, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया