देवचुलीमा एकजनाको हत्या, अर्जुन पक्राउ

कावासोती । धारिलो हतियार प्रहार गरी २९ वर्षीय मिलन मानन्धरको हत्या भएको छ ।

देवचुली नगरपालिका वडा नं. ९ विशालटारका ३० वर्षीय अर्जुन नेपालीले सोही ठाउँका मिलन मानन्धरलाई धारिलो हतियारले पेटमा प्रहार गरी हत्या गरेको नवलपुर प्रहरीले जनाएको छ ।

हतियार प्रहारबाट घाइते भएका मानन्धरको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेशी साहले बताएका छन् ।

मानन्धरलाई घाइते बनाई भाग्दै गरेका नेपालीलाई प्रहरी टोलीले कावासोती नगरपालिका १६ डण्डामा फेला पारी नियन्त्रणमा लिएको छ ।

Published : Saturday, 2024 October 26, 10:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया