हेडक्वाटरद्वारा यी १२ जना प्रहरीलाई सातदिन भित्र हाजिर हुन आदेश

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीहरूलाई २ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।

आइतबार प्रहरी महानिरीक्षकको सचिवालय, कानून शाखाले गैरहाजिर भएका प्रहरी नायव निरीक्षक अशोक दर्नालसहितका व्यक्तिहरूको नाम, ठेगाना सार्वजनिक गरेको छ ।

उनीहरूलाई बाटोको म्यादबाहेक ७ दिनभित्र हाजिर हुन निर्देशन दिइएको सूचनामा उल्लेख छ ।

हाजिर हुँदा गैरहाजिर हुनुको कारण खोली स्पष्टीकरणसमेत बुझाउनुपर्नेछ । सूचनाको बेवास्ता गरेमा प्रहरी नियमावलीअनुसार कारबाही हुनेछ ।

Published : Sunday, 2024 October 27, 9:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया