रुपन्देही कांग्रेसमा विभिन्न दलका नेताहरू प्रवेश, नेता खाणद्वारा स्वागत

भैरहवा । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले विभिन्न दल परित्याग गरेका रुपन्देहीका नेताहरूलाई पार्टी प्रवेश गराएका छन् ।

आइतबार भैरहवास्थित नेता खाणकाे निवासमा आयाेजित विशेष कार्यक्रममा नवप्रवेशीहरू कांग्रेसमा प्रवेश गरेकाे महासमिति समिति सदस्य विमल ढकालले बताए । ढकालका अनुसार कांग्रेस प्रवेश गर्नेमा बुटवल उपमहानगरपालिका वडा नं. १८ माेतीपुर निवासी गाेपाल नेपाल, सत्यनारायण थारू, धनबहादुर थारू, दीपेन्द्र थारू लगाएतका महत्त्वपूर्ण व्यक्तिहरू रहेका छन् ।

विभिन्न दल परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरूलाई नेता खाणले शुभकामना दिएका छन् । पूर्वगृहमन्त्री खाणले नवप्रवेशीहरूलाई कांग्रेसको संगठन निर्माणमा लाग्न निर्देशन दिएकाे नेता ढकालले बताए ।

रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाणले नवप्रवेशीहरूलाई क्षमताका आधारमा पार्टीमा जिम्मेवारी दिइने बताए । उनले सबैलाई आफूले न्याय गर्ने बताए ।

शनिबार पनि पूर्वगृहमन्त्री खाणले भैरहवामा विभिन्न दल परित्याग गरेका स्थानीय नेताहरूलाई कांग्रेसमा प्रवेश गराएका थिए । रुपन्देहीमा पछिल्लो समय कांग्रेसमा प्रवेश गर्नेहरूकाे संख्या बढेकाे छ ।

Published : Sunday, 2024 October 27, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया