परराष्ट्रमन्त्री डा.राणाद्वारा महिला फुटबल टिमलाई जितकाे बधाई, फाइनमा विजयीकाे शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले साफ महिला च्याम्पियनसिपमा नेपाली फुटबल टिम फाइनलमा प्रवेश गरेकोमा बधाई दिएकी छिन् ।

आइतबार राति काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली महिला टिमले भारतलाई ४–२ ले ट्राईब्रेकरमा पराजित गरेर फाइनमा प्रवेश गरेकोमा मन्त्री डा.राणाले बधाई दिएकी हुन् ।

उनले भनेकी छिन्, ‘नेपाली महिला फुटबल टोलीलाई पेनाल्टी सुटआउटमा शानदार जित हासिल गरेकोमा साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकोमा हार्दिक बधाई ।’

परराष्ट्रमन्त्री डा.राणाले नेपाली महिला फुटबल टिमलाई फाइनलमा सफलताको शुभकामना समेत दिएकी छिन् ।

Published : Sunday, 2024 October 27, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया