मनाङको विकासको मुख्य मेरुदण्ड सडक र पूर्वाधार निर्माण : कांग्रेस नेता गुरुङ

चमे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङले सम्पूर्ण कार्यकर्तालाई एकजुट भएर पार्टीको हितमा संगठन निर्माण गर्न स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आइतबार गृहजिल्ला मनाङको चामेमा नेता कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा प्रतिनिधिसभाका सांसद समेत रहेका नेता गुरुङले पार्टीको संगठनका साथै जिल्लाको विकास निर्माणमा लाग्न निर्देशन दिएका हुन् ।

नेता गुरुङले कांग्रेसले मात्रै देशको विकास गर्ने बताए । उनले मुलुकमा संकट परेका बेला कांग्रेसले निकास दिँदै आएको बताए ।

केन्द्रीय सदस्य गुरुङले नेपाली कांग्रेस मनाङको पार्टी कार्यालय अर्थात् वीपी स्मृति भवनको निरीक्षण पनि गरेका छन् । मनाङ कांग्रेसको कार्यालयको भवन निर्माणको अन्तिम चरणमा छ । भवन बनाउन करीव १ करोड खर्च भएको छ ।

पार्टीक कार्यालयमा उपस्थित नेता, कार्यकर्ताहरूसँग गुरुङले कांग्रेसको जिम्मेवारी ठूलो रहेको बताए ।

नेता गुरुङले जिल्लाको विकास निर्माणमा आफू केन्द्रमा सधै खटिरहेको र अझै पनि लागेको बताए । उनले मनाङको विकासको मुख्य मेरुदण्ड सडक, पूर्वाधार निर्माण नै भएको बताए । सबै चनाखो भई खबरदारीका साथ लाग्नु पर्ने उनले बताएका छन् ।

नेता गुरुङले विशेष गरी बाढी प्रभावित र जोखिममा रहेका वस्तीहरूमा दीर्घकालीन वयवस्थापनलाई प्राथमिकतामा राखेर सरोकारवाला निकायसंग समन्वय भइरहेको गुरुङले बताए ।

कांग्रेसका नेता गुरुङ प्राविधिकको टोलीसहित मनाङमा छन् । बाढी र पहिरोबाट भएको क्षति तथा भौतिक संरचनामा काम भइरहेको विषयमा स्थलगत अनुगमन गर्न गुरुङ गृहजिल्ला मनाङमा आएका छन् ।

Published : Sunday, 2024 October 27, 11:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया