कांग्रेस केन्द्रीय सदस्य महरलाई मातृशोक, सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरकी ममतामयी आमा ललितादेवी महरको ९६ वर्षको उमेरमा निधन भएको छ ।

शनिबार डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा ललितादेवीको उपचारको क्रममा निधन भएको कांग्रेसले जनाएको छ ।

‘स्वर्गीय महरप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, कांग्रेसद्वारा आइतबार जारी शोक वक्तव्यमा उल्लेख छ ।

‘उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ’, कांग्रेसले भनेको छ ।

‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ’, कांग्रेसले भनेको छ ।

Published : Sunday, 2024 October 27, 11:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया