सभापति खतिवडाद्वारा नेपाली महिला फुटबल टिमलाई बधाई प्रदान

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभपाति रामहरि खतिवडाले साफ महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेकोमा बधाई दिएका छन् ।

आइतबार राति भएका सेमिफाइनल खेलमा नेपाली टिमले भारतीय टिमलाई ट्राईब्रेकरमा ४–२ ले हराउँदै फाइन प्रवेश गरेकोमा सभापति खतिवडाले बधाई दिएका हुन् ।

उनले भने, ‘नेपाली महिला फुटबल टीम भारतलाई हराउँदै फाईनलमा पुगेकोले नेपाली महिला टीमलाई हार्दिक बधाई । फाइनलको विजयको अग्रिम शुभकामना ।’

Published : Monday, 2024 October 28, 12:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया