सभापति देउवाद्वारा विपन्न उत्थान समन्वय विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपन्न उत्थान समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विभागका प्रमुख गोपाल दहितद्वारा सिफारिस गरिएका १० जनालाई देउवाले मनोनयन गरेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

विभागको सदस्यहरूमा मनोनयन हुनेहरूमा रामनारायण कठरिया महतो (कैलाली), रामदत्त जोशी ‘लेकुडा’ (डडेल्धुरा), हेमलाल पाण्डे (बर्दिया), दीपकराज तिमिल्सिना (बर्दिया), ठाकुरप्रसाद भुसाल (बाँके) रहेका छन् ।

श्यामकुमार बुढा (रुकुम पूर्व), उपेन्द्रराज सिग्देल (नवलपुर), श्रवणराज मैनाली (बारा), सीतादेवी सापकोटा फुयाल (काठमाडौं), प्रह्लादकुमार कामत (सुनसरी) पनि सदस्यहरूमा मनोनयन भएका छन् ।

Published : Monday, 2024 October 28, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया