अनुचित कार्यसम्बन्धी अनुसन्धानको जिम्मा अख्तियारलाई दिइनुपर्छ : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनुचित कार्यसम्बन्धी अनुसन्धानको जिम्मा समेत अख्तियारलाई नै दिइनुपर्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राईले भने, ‘करप्सनको मूल स्रोत नै अनुचित कार्य हो । त्यो नै हेर्न नपाएपछि विभागीय प्रमुखले विभागीय कारबाही समेत गर्न सकेका छैनन् ।’

‘अनुचित कार्य गर्ने व्यक्तिलाई विभागीय कारबाहीका लागि अख्तियारले निर्देशन दिने गरी प्रस्तावित ऐनमा व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो’, उनले भने ।

प्रमुख आयुक्त राईले सार्वजनिक पदमा बसेर वर्षौंसम्म निर्णय नगरी फाइल अड्काएर राख्ने प्रवृत्त बढे पनि कानूनबमोजिम निर्णय नगर्ने कर्मचारीलाई विभागीय प्रमुखले कारबाही गर्न नसकेको बताएका छन् ।

उनले २०४९ सालमा निजामती सेवा ऐन आए पनि हालसम्म १ सय जनालाई पनि विभागीय प्रमुखले अनुचित कार्यमा स्पष्टीकरण समेत नसोधेको बताए ।

प्रमुख आयुक्त राईले भने, ‘कर्मचारीहरूको ट्रेड युनियन छ । स्पष्टीकरण सोध्ने विभागीय प्रमुखले कि त कालोमोसो खान्छ, कि गालामा चड्कन । नभए सरुवा भएर अन्यत्र जानुपर्छ ।’

Published : Monday, 2024 October 28, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया