सभापति खतिवडाको प्रश्न– पुलिस लगायतमा अख्तियारको कोटा भन्ने, यस्तो पनि हुन्छ ?

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरू सरुवा, बढुवा लगायतमा लागेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति खतिवडाले अख्तियारबाट मुद्दा चलाउने हो की पुलिसको सरुवा, बढुवा गर्ने हो भनेर प्रश्न गरेका छन् । उनले अख्तियारका पदाधिकारीहरूलाई जिम्मेवारीअनुसार काम गर्न सुझाव दिए ।

सभापति खतिवडाले भने, ‘अख्तियारको काम मुद्दा चलाउने, अख्तियार दुरुपयोग भयो भनेर हेर्ने हो की ? सम्पत्ति शुद्धीकरणमा तपाईहरूका मान्छेको सरुवा गर्ने । सबैलाई फोन गर्ने ।’

‘डीआईजी तपाईको पठाउनुपर्ने । एसएसपी तपाईहरूको पठाउनुपर्ने । प्रमोशन तपाईहरू गर्नुपर्ने’, उनले भने, ‘सीडीओ तपाईहरूको गर्नुपर्ने । राजश्वमा सरुवा गरिदिनुपर्ने । अख्तियारको कोटा भन्ने यस्तो हुन्छ ?’

सभापति खतिवडाले भने, ‘यस्तो गर्नुभएको छैन भन्ने मलाई विश्वास छ । गरेको छभने जवाफ दिनुस् ।’

‘यो किन भयो ? अख्तियारको काम भनेको के हो ? कुन सदुपयोग हो ? कुन दुरुपयोग हो ? कुन मुद्धा हेर्ने ?’, सभापति खतिवडाले प्रश्न गरेका छन् ।

सभापति खतिवडाले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले दिएको दानका विषयमा पनि प्रश्न उठाएका छन् । उनले भने, ‘यो दानको बारेमा के हो ?’

Published : Monday, 2024 October 28, 8:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया