प्रहरीका दुई डीआईजीहरूको एआईजीमा बढुवा र पदस्थापना

काठमाडौं । सरकारले नेपाल प्रहरीकी प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डीआईजीबाट एआईजीमा बढुवा गरेर प्रहरीको प्रदेश समन्वय विभागमा नक्सालमा पदस्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

नेपाल प्रहरीको प्राविधिकतर्फ प्राधिविक प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा.सुन्दरप्रसाद घिमिरेलाई प्राबिधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

एआईजीमा बढुवा भएका घिमिरेलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पदस्थापना गर्ने निर्णय सरकारले गरेको छ ।

Published : Tuesday, 2024 October 29, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया