दाेभानमा दुईजनाकाे मृत्यु, दुईजना घाइते
मकालु । संखुवासभामा मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा भल्भो टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत परियोजनामा कार्यरत २ जना भारतीय मजदुरको मृत्यु भएको छ ।
मकालु –५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतले बताए ।
दुर्घटनामा परेर अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको डीएसपी बस्नेतले बताएका छन् ।
अरुण तेस्रो जलविद्युत परियोजनाको काममा लगाइएको टिपर ड्याम साइडमा काम गरेर फर्किने क्रममा साँझ ७ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको छ । टिपर सडकबाट करिब ५० मिटरजति तल खसेको थियो । दुर्घटनामा परेर २ जना घाइते भएका छन् । घाइते हुनेहरु पनि भारतीय नागरिक नै हुन् ।
चिकित्सकले बिहीबार बिहान करिब पौने ४ बजेतिर मृत घोषणा गरेका हुन् । मृतक दुवै जनाको शव जिल्ला खाँदबारी अस्पतालमा छ । दुर्घटनामा परेर टिपरमा सवार भारतीय नागरिक २८ वर्षीय योगेन्द्र पाल र ४० वर्षीय ईश्वर पासवान घाइते भएको डीएसपी बस्नेतले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया