घरभित्रै भारत पहिलो पटक ह्वाइटवास, न्युजिल्याण्ड विजयी

मुम्बई । न्युजिल्याण्डसँग भारत तेस्रो तथा अन्तिम टेस्टमा २५ रनले पराजित भएको छ ।

आइतबार मुम्बईको वानखडे स्टेडियममा जितका लागि १ सय ४७ रन पछ्याएको भारत १ सय २१ रनमै समेटिएको छ ।

३ टेस्टको शृंखलामा न्युजिल्याण्ड ३–० ले विजयी भएको छ । तेस्रो दिन झिनो लक्ष्य पाएको भारतका लागि ऋषव पन्तलाई छाडेर अरू केही पनि ब्याटरले गतिलो योगदान दिन सकेनन् । उनले ६४ रन बनाए ।

दोहोरो अङ्क छुने अन्य ब्याटरमा कप्तान रोहित शर्माले ११ र वासिङटन सुन्दरले १२ रन बनाए । पूरा घरेलु टिम २९.१ ओभर मात्रै टिकेको थियो । पाहुना बलरमध्ये एजाज पटेलले ५७ रनमा छ विकेट लिए ।

ग्लेन फिलिप्सले तीन र म्याट हेनरीले एक विकेट लिए । न्युजिल्याण्डले आफ्नो पहिलो इनिङ्समा २ सय ३५ रन बनाएपछि भारतले जवाफमा २ सय ६३ रन बनाएको थियो ।

न्युजिल्यान्ड आफ्नो दोस्रो इनिङ्समा १ सय ७४ रन बनाएर अलआउट भएको थियो । सन् २००० यता घरेलु शृङ्खलामा भारत ह्वाइटवास भएको यो नै पहिलो पटक हो ।

Published : Sunday, 2024 November 3, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया