चालीस यात्रु लिएर काठमाडौंबाट हिंडेकाे बस दुर्घटना, घाइतेहरूकाे भरतपुरमा उपचार हुँदै
हेटौंडा । काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बस मकवानपुरमा दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।
बिहीबार बिहान ४ बजेको मनहरी गाउँपालिका वडा नम्बर ७ समिडाँडास्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा बस दुर्घटना हुँदा यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए । प्रदेश २(०३(००१ ख ३६२९ नं। को बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल दाहिने साईडमा दुर्घटना भएको छ ।
घाइते यात्रुहरूलाई उद्धार गरी उपचारको लागि स्थानीय स्वास्थ केन्द्र तथा चितवनतर्फ पठाइएको छ । बस घटनास्थलमा रहेको छ । बस चालक महोतरीकने पिपरा गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष ३७ को जयकिशोर कापरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक सकुशल छन् । बसमा ४० यात्रु रहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घाइतेहरू २८ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये १३ जनाको स्वास्थ्य अवस्था मध्यम रहेको छ । १५ जनाएको अवस्था सामान्य रहेको छ ।
मनहरी अस्पतालमा ३ जना सामान्य प्रकृतिका घाइतेको उपचार हुँदै छ । हेटौडा अस्पतालमा ४ जना घाइते अवस्थामा बोल्न सक्ने सामान्य प्रकृतिका घाइतेहरूको रहेको एसपी खड्काले बताए । हालसम्म अस्पतालमा पुगेका जम्मा घाइतेको संख्या ३५ जना पुगेको विज्ञप्तिमा उल्लेख छ ।
घाइतेहरू
१. जिल्ला मोहत्तरी मटियानि न.पा.७ बस्ने बर्ष २४ को हरिशंकर प्रसाद मण्डल बाया हातमा चोट सामान्य ।
२. ऐ.जलेस्वर न.पा. ९ बस्ने बर्ष २४ को राज कुमार साह टाउको हात खुट्टिमा चोट सामान्य ।
३. ऐ.बस्ने बर्ष २८ को अनु राय टाउको र हातमा चोट सामान्य ।
४. ऐ बस्ने निजको श्रीमति बर्ष २१ की खुसी कुमारी पाण्डे खुट्टामा चोट सामान्य ।
५. जि.धनुषा जनकपुर उ.म.न.पा.१३ बस्ने बर्ष २० की भिमा ठाकुर दुबै खुट्टामा चोट सामान्य ।
६. जिल्ला महोत्तरी बगाह न.पा.१ बस्ने बर्ष ६१ को दिनेश चौधरी ढाड र पेटमा चोट मध्यम ।
७. (बस सहचालक) जि.मोहत्तरी जलेस्वर न.पा.२ बस्ने बर्ष २० को असख साझी टाउकोमा चोट मध्यम ।
८. जि.धनुषा जनकपुरउ.म.न.पा.९ बस्ने बर्ष ६० को सरोज झा टाउकोमा चोट मधयम ।
९. ऐ.बस्ने बर्ष ९ की समृदी झा टाउकोमा चोट मध्यम ।
१० ऐ.बस्नेबर्ष ४२ की किरण झा टाउकिमा चोट मध्यम ।
११. ऐ.बस्ने बर्ष ४७ को संजिब झा सामान्य ।
१२. देश भारत सितामणी जि.पिपराथान बस्ने बर्ष ५५ को बेचन महत्तो घाटिमा चोट मध्यम ।
१३. जि.धनुषा जनकपुर उ.म.न.पा.बस्ने बर्ष १८ को अनुप सा सामान्य ।
१४. ऐ.७ बस्ने बर्ष २८ क राजु साह टाउको रहातमा चोट मध्यम ।
१५. ऐ.बस्ने निजको श्रीमती बर्ष २५ की रुद्रानि राज बाया हातमा चोट मध्यम ।
१६. जि.धनुषा लक्षिमिहा गा.पा.१ बस्ने बर्ष ३४ को सुन्दर साह टाउकोमा चोट मध्यम ।
१७. ऐ.बस्ने निजको छोरा बर्ष ५ को बिराज साह सामान्य ।
१८. ऐ.बस्ने बर्ष १२ को राज साह हातमा चोट सामान्य ।
१९. ऐ.बस्ने बर्ष १४ की काजल साह सामान्य ।
२०. ऐ. बस्ने जनकपुर उ.म.न.पा.१३ बस्ने बर्ष २७ को रामभरोस साह टाउको ढाडमा चोट मध्यम ।
२१. जि.धनुषा बटेस्वर गा.पा.३ बस्ने बर्ष ३७ को रामकृष्ण सिङ सामान्य ।
२२. ऐ. बस्ने बर्ष ५ को प्रतिक सिङ सामान्य ।
२३. ऐ.बर्ष १० की कृती सिंङ बाया कानमा चोट सामान्य ।
२४. ऐ.बस्ने बर्ष २९ को सुजित कुमार महत्तो बाया खुट्टामा चोट सामान्य ।
२५. जि.धनुषा नकराईन गा.पा.६ बस्ने बर्ष २३ को रमेश कुमार ठाकुर बाया हातमा चोट सामान्य ।
२६. ऐ मिथिला न.पा.६ बस्ने बर्ष २१ को मनोज महत्तो टाउकोमा चोट मध्यम ।
२७. जि.धनुषा घर भई हाल काठमाण्डौ बस्ने बर्ष २४ की रमा के.सी.टाउकोमा चोट मध्यम ।
२८. ऐ.बस्ने धनुषा बटेस्वर न.पा.३ बस्ने बर्ष ३३ की ईन्दिरा कुमारी महत्तो छाति र ढाडमा चोट मध्यम ।
मनहरी अस्पतालमा उपचारार्थ घाईतेहरुः-
२९. ऐ.बस्ने औराही गा.पा.१ बस्ने बर्ष ३५ को रोशन कु.यादब टाउको रघाटिमा चोट सामान्य ।
३०. देश भारत प्रदेश बिहार मध्यवानि बस्ने बर्ष ४९ को श्याम कुमार ठाकुर खुट्टमा चोट सामान्य ।
३१. देश भारत बिहार प्रदेश दभंगा बस्ने बर्ष ४४ को प्रमोद कुमार शर्मा दाया कानमा चोट ।
हेटौडा अस्पतालमा उपचारार्थ घाईतेहरु ;-
३२. जि.उदयपुर उदयपुर गढि गा.पा.६ बस्ने बर्ष २० की रन्जना मगर(९८२३७६२४०१) सामान्य ।
३३. जि.काठमाण्डौ काठ्माण्डौ म.न.पा.३१ बस्ने बर्ष ६० की बिनादेबी (९८४१७४३८७२) टाउकोमा चोट मध्यम ।
३४. ऐ.बस्ने बर्ष २२ की सोनम साह मध्यम ।
३५. ऐ.बस्ने बर्ष ३४ कि अनुपम जैसवाल सामान्य ।
थप टिपोटः- ऐ. ०७:३० बजे हेटौडा अस्पतामा उपचार भई रहेको ४ जना घाइतेहरू डिश्चा र्ज भई गन्तब्यतर्फ गएको ।
फेसबुकबाट तपाईको प्रतिक्रिया