नेपाली चलचित्र हेरेपछि मन्त्री राणाले भने- धेरै राम्रा चलचित्रहरू निर्माण भएका छन्, दर्शकले साथ दिए

काठमाडौं । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री राेज राणाले नेपाली चलचित्रहरूप्रति दर्शकहरूले देखाएको मायाप्रेमकाे सह्राना गरेका छन् ।

चलचित्र निर्माता, अभिनेता समेत रहेका मन्त्री राणाले दशैं, तिहारका बेला प्रदर्शन भएका चलचित्रहरूले दर्शककाे मन जित्न सफल भएको बताए । उनलेे नयाँ चलचित्रहरूकाे कथावस्तु, निर्माण शैली, प्रस्तुति धेरै राम्रो रहेको बताए । प्रयास गर्दा राम्रो चलचित्र बनाउन सकिन्छ भन्ने तथ्य प्रमाणित भएको भन्दै मन्त्री राणाले बिगतमा आफूले निर्माण गरेका चलचित्रहरू दादागिरी, खलनायक लगायतका चलचित्रलाई दर्शकले तत्कालीन समयमा माया गरिदिएकाे स्मरण गरेका छन् ।

सिटीसेन्टरमा शुक्रबार बिहान नेपाली चलचित्र हेरेपछि प्रतिक्रिया दिंदै मन्त्री राणाले राम्रा चलचित्रले नेपाली चलचित्र उद्योगलाई सहयोग पुग्ने बताए । राणाले आगामी दिनमा अझै पनि रामा चलचित्र निर्माण हुने संकेत गरेकाे बताएका छन् । प्रदर्शनकाे तयारीमा रहेका र निर्माण भइरहेका चलचित्रहरू पनि राम्रो विषयवस्तुमा रहेको उनलेे बताए ।

नेपाली चलचित्र उद्योगलाई बलिउडले प्रभाव पारिरहेको अवस्थामा नेपाली चलचित्रहरूप्रति दर्शकले देखाएको सदभावलाई बचाउने दायित्व निर्माता, कलाकार, चलचित्र हल सञ्चालक सबैको रहेको मन्त्री राणाले बताए ।

मन्त्री राणाले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनका लागि पनि आग्रह गरेका छन् । लुम्बिनी प्रदेशमा चलचित्र छायांकनका लागि राम्रो स्थानहरू पनि रहेको राणाले बताए । त्यसका लागि आफूबाट हुन सक्ने सहयोग रहने मन्त्री राणाले बताए ।

Published : Friday, 2024 November 8, 2:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया