पाकिस्तानले अष्ट्रेलियालाई उसैको भूमिमा हराइदियो
लण्डन । एक दिवसीय शृंखलाको दोस्रो खेलमा अष्ट्रेलियालाई हराउँदै पाकिस्तान विजयी भएको छ ।
शुक्रबार अष्ट्रेलियाको एडिलेडमा सम्पन्न भएको दोस्रो खेलमा जित दर्ता गरेसँगै तीन खेलको सिरिज एक–एकको बराबरीको अवस्थामा पुगेको हो ।
पहिलो खेलमा विजयी अस्ट्रेलिया ९ विकेटले पराजित भयो । टस जितेर पाकिस्तानले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ पाएको अस्ट्रेलियाले ३५ ओभरमा नै सम्पूर्ण विकेट गुमाएर एक सय ६३ रन बनायो ।
पाकिस्तानी बलरसामु ओपनर माथिउ सर्ट १९ र ज्याक फ्रेजर म्याकग्रुक १३ रनमा आउट भए । तेस्रो नम्बरका स्टेभेन स्मिथले सर्वाधिक ३५ रनको योगदान गरे ।
अडम जम्पाले अन्तिममा १८ रन बनाएका थिए । पहिलो इनिङ भरी हावी भएको पाकिस्तानी बलिङमा हरिष रौफले पाँच विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै २९ रन मात्रै खर्च गरेर अस्ट्रेलियाको मध्यक्रमलाई सस्तैमा रोकेका थिए । त्यसैगरी फास्ट बलर साहिन शाह अफ्रिदीले पनि तीन विकेट आफ्नो नाममा गरेका थिए ।
जवाफमा पाकिस्तानी शीर्ष क्रमका ब्याटरले सानदार प्रदर्शन गरे । ओपनर सइम अयुब र अब्दुल्लाह शफिकले एक सय ३७ रनको लामो पारी खेले । जाम्पाले २१ औं ओभरमा ८२ रन बनाएका सइमलाई आउट गराए पनि अस्ट्रेलियन बलरले बाँकी खेलाडीलाई पवेलियन फर्काउन सकेनन् ।
अब्दुल्लाहले पनि ६४ रनको योगदान गरे । यससँगै तीन खेलको शृंखला एक–एकको बराबरीको अवस्थामा पुगेको हो । शृंखलाको तेस्रो खेल आगामी आइतबार हुनेछ । आगामी बिहीबारदेखि यी दुई देशबीच टी–ट्वेन्टी शृंखला सुरु हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया