सहकारी ठगका अभियुक्त लामिछानेलाई बचाउन सडकमा भाडाका टट्टुहरू परिचालन
काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले राज्यलाई झुठ बोलेर गुमराहमा राख्न खोजेका छन् ।
आफूलाई बचाउन भाडाका केही मानिसहरूलाई राष्ट्रिय झण्डा बोकाएर सडकमा उतारेका छन् । रास्वपाका नेता कार्यकर्ता पार्टीको झण्डा लिएर सडकमा आएका छैनन् । सहकारी ठगका अभियुक्त लामिछानेलाई बचाउन भनेर केही भाडाका टट्टुहरू सडकमा देखिएका छन् । त्यो पनि राष्ट्रिय झण्डा बोकेर आएका छन् । रास्वपाको झण्डा बोकेर कार्यकर्ता आउन मन गरेका छैनन् । कार्यकर्ताको भावना बुझेर सहकारी ठगका अभिव्युक्त लामिछानेले राष्ट्रिय झण्डाको दुरुपयोग गरेका छन् ।
पोखरा र भैरहवामा देखिएका मानिसहरू एउटै अनुहारका छन् । लामिछानेका पक्षमा नयाँ मानिसहरू सडकमा देखिएका छैनन् । कसैलाई बसमा, कसैलाई निजी गाडी र कसैलाई जहाजबाट सहकारी ठगका अभियुक्त लामिछानेले व्यवस्था गरिदिएका छन् । दैनिक सरह सडकमा देखिने उनीहरूलाई होटल, खानपिन लगायतका व्यवस्था लामिछानेले गरिदिएका छन् । त्यसको व्यवस्थापन र नेतृत्व रास्वपाका केन्द्रीय सदस्य एवम् सहकारी ठगका अभियुक्त लामिछानेका सहयोगी दीपक बोहराले गरेका छन् ।
आफू संचालक र प्रबन्ध निर्देशक भएको कम्पनीको खातामा जम्मा भएको करोडौं अवैध रकम प्रयोग गर्ने अनी त्यो रकम कहाँबाट आयो थाहा भएन भनेर उम्किन पाईंन्छ र ? भनेर गोर्खा मिडिया नेटवर्क प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि गम्भीर प्रश्न उठेको छ । लामिछानेले सहकारीको रकम आफ्नो खातामा कसरी आयो थाहा नभएको भनेर दाबी गर्दै आएका छन् ।
लामिछाने निकै चतुर छन् । मिडियामा प्रस्तोता रहेका बेला नेता र आफूलाई मन नपरेका व्यक्ति वा संस्थामाथि जथाभावी गर्दै आएका थिए । नेता भएपछि सञ्चारमाध्यम र आफ्नो विरोध गर्नेहरूको उछितो काट्ने हर्कत गरिरहेका छन् ।
सहकारीको रकम लामिछानेले कीर्ते र ठगी गरेर ल्याएको भनेर संसदीय समितिले भनिसकेको छ । लामिछानेलाई कारबाही गर्न संसदीय समितिले भनेपछि अदालतले पनि पक्राउ गर्न अनुमति दिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
लामिछानेले न्यायालय, प्रहरी र अनुसन्धान अधिकृतलाई प्रभावमा पार्न सडकमा भाडाका टट्टुहरू परिचालन गरेका छन् । लामिछानेका भाडाका टट्टुहरूबाट न्यायालय र प्रहरी प्रशासन झुक्नेवाला छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया