नेपाल पहिलो पटक आईसीसी यू–१९ विश्वकपमा प्रवेश

काठमाडौं । यूएईमाथि शानदार जित निकाल्दै नेपाल पहिलो पटक आईसीसी यू–१९ विश्वकपमा पुगेको छ ।

बुधबार यूएईमा भएको प्रतियोगितामा नेपालले यूएईमाथि जितहात पार्दै अर्को वर्ष मलेसियामा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट भएको हो ।

अजमानस्थित द सेभेन स्टेडियमा टस जितेपछि पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभर खेलि ९ विकेट गुमाई ८३ रन बनाएको थियो ।

विश्वकपमा पुग्न नेपालले यस खेल १६.२ ओभरभित्र जित्नु पर्थ्यो । नेपालले १४.४ ओभरमा लक्ष्य पूरा गर्दै खेल ८ विकेटले जितेको हो ।

ओपनर सावित्री धामी ९ बलमा १ चौका प्रहार गर्दै १२ र कप्तान पुजा महतो १८ बलमा ४ चौका प्रहार गर्दै २१ रनमा आउट भइन् । साना प्रवीण ४२ बलमा एक चौका प्रहार ३५ र सोनी पाख्रिन १९ बलमा १३ रन बनाइ अविजित रहिन् । सानाले विजयी चौका प्रहार गरेकी थिइन् ।

कृष्मा गुरुङले सानदार बलिङ गर्दै नेपालको जितको आधार पारेकी थिइन् । उनले ४ ओभरमा १७ रनमात्र खर्चेर ४ विकेट लिइन् । रिया शर्मा र सीमा केसीले २÷२ तथा रचनाकुमारी चौधरीले १ विकेट लिइन् । यूएईबाट समिरा धरनिधरकाले ४८ बलमा ३१ रन बनाइन् ।

डबल राउन्ड रोविन लिगमा आयोजित प्रतियोगिताको अन्तिम यस खेल अघि यूएईले सबै ५ खेल जितेको छ । नेपालले ५ मध्येको चार खेल जितेको थियो । यूएईसँगको यसअघिको खेलमा नेपाल पराजित भएको थियो । त्यसैले यूएईविरुद्ध भइरहेको खेलमा नेपालले जितेर मात्र पुग्ने थिएन ।

नेपालले २०२७ मा बंगलादेशसँग मिलेर २०२७ को आईसीसी यू–१९ विश्वकप आयोजना गर्दैछ ।

Published : Wednesday, 2024 November 13, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया