प्रधानमन्त्री ओलीको चीन भ्रमणको गृहकार्यमा परराष्ट्रमन्त्री डा.राणा, बेइजिङ जाने तयारी

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारीमा जुटेकी छिन् ।

डा.राणा मंसिर १३ गते चीन प्रस्थान गर्ने तयारी भइरहेको बुझिएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी स्वरुप मन्त्री डा.राणा चार दिन अगाडि नै बेइजिङ जाने तयारी छ ।

परराष्ट्रमन्त्री डा.राणाले मंसिरको १४, १५ र १६ गते बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीलगायत उच्च चिनियाँ अधिकारीसँग भेटवार्ता गर्नेछिन् ।

परराष्ट्रमन्त्री डा.राणा चिनियाँ समकक्षी वाङ यीको औपचारिक निमन्त्रणामा बेइजिङ जान लागेकी हुन् । नेपालका लागि चिनियाँ राजदूत चेन सङले चिनियाँ विदेशमन्त्री वाङका तर्फबाट पठाइएको निमन्त्रणा–पत्र सोमबार परराष्ट्रमन्त्री डा.राणालाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेट गरेर हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्री ओली मंसिर १७ मंसिर गते पाँचदिने औपचारिक भ्रमणका क्रममा चीन जान लागेका छन् । परराष्ट्रमन्त्री डा.राणा प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्किने कार्यक्रम छ ।

Published : Thursday, 2024 November 14, 10:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया