गाेकुल बास्काेटालाई आदर्श मानेर मन्त्रीबाट राजीनामा दिनुपर्ने बेला पाण्डेले उल्टै दिए कानूनकाे धम्की, सुध्रिनुस्
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेलाई भ्रष्टाचारको आराेप लागेपछि सुध्रिनु पर्नेमा उल्टै कानूनी प्रकृयामा जान्छु भनेर धम्की दिएका छन् ।
बुधबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायमा पत्रकार सम्मेलन गरेर भ्रष्टाचार आराेप लगाउनेलाई कानूनी कारबाहीकाे चेतावनी दिएका हुन् । पाण्डे मन्त्री हुने बित्तिकै रुपन्देहीको टाइगर हाेटलकाे क्यासिनो सञ्चालनकाे अनुमति दिएका थिए ।
भ्रष्टाचारकाे अभियाेग लागेपछि मन्त्री पाण्डेले नैतिकता देखाउँ मन्त्री पद त्याग गर्नुपर्ने थियाे । नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डेलाई कांग्रेसकै प्रतिनिधि सभाका सांसदले क्यासिनो सञ्चालन प्रकरणमा मन्त्री पाण्डेले भ्रष्टाचार गरेकाे अभियाेग लगाएका छन् । नेता शेखर काेइरालाकाे सिफारिसमा मन्त्री बनेका पाण्डेलाई उनकै गुटका सांसदले भ्रष्टाचारको अभियाेग लगाएका हुन् ।
पाण्डेले नैतिकता देखाएर मन्त्री पदबाट राजीनामा दिएर अनुसन्धानको लागि मार्ग खाेलिदिनु पर्छ । तत्कालीन सञ्चार, सूचना तथा प्रविधिमन्त्री गाेकुल बास्काेटालाई भ्रष्टाचारको अभियाेग लाग्ने बित्तिकै मन्त्री पद त्याग गरेर छानविनका लागि बाटाे खाेलिदिएका थिए ।
आफूमाथि लागेको आरोपमा दोषी देखिए सबै पदहरू त्याग्ने बताएका मन्त्री पाण्डेले मन्त्रीमाथि छानबिन गर्दा सत्ताकाे प्रभाव पर्छ भन्ने कुरा रवि लामिछाने कै प्रकरणले देखाएको छ ।
पर्यटनमन्त्री पाण्डेमाथि कांग्रेसकै सांसद बजगाईंले करोडौं घुस लिएको आरोप लगाएका छन् । मन्त्री पाण्डेले आफूमाथि लागेको आरोपबारे सरकार र पार्टीबाट छानबिन गर्न माग गरेका छन् ।
पर्यटनमन्त्री पाण्डेमाथि कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् ।
पर्यटनमन्त्री पाण्डेले भने केही मानिसले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताएका छन् ।
पर्यटनमन्त्री पाण्डेले भने, ‘पार्टीबाटै निर्वाचित एकजना सांसदले त्यो तहमा ओर्लिएर टिप्पणी गर्ने कुराबाट म आश्चर्यचकित भएको छु । सरकार र पार्टीलाई मैले केही गरेँ कि भन्ने लाग्छ भने सरकार र पार्टीले ममाथि गहिरो गरी छानबिन गरोस् ।’
स्वच्छ चरित्र लिएर मन्त्रालयमा आएको र त्यसरी नै बाहिरिन चाहेको पर्यटनमन्त्री पाण्डेको भनाई छ । आफ्नो इमान र निष्ठामाथि धावा बोल्नेविरुद्ध कानूनी लडाइँ लड्ने पनि उनले बताए ।
कांग्रेस कै सांसदले मन्त्री पाण्डेलाई त्यत्तिकै आराेप लगाएका छैनन् । क्यासिनो प्रकरणमा धेरै मन्त्रीहरू चुकेका छन् । मन्त्री पाण्डे पनि चुकेना् भन्न सकिँदन । उनीमाथि छानबिन हुनु पर्छ । शेखर काेइरालाले पाण्डेलाई मन्त्री पदबाट राजीनामा दिएर अनुसन्धानका लागि बाटाे खुला गरिदिन निर्देशन दिनु पर्छ ।
नेपाल नगरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक बनायन टुक्राउने विषयमा धेरै चर्का कुरा गरेका थिए । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग कुरा मिलेपछि त्याे विधेयक सिंहदरबारमा हराएको छ । हवाई सुरक्षाका लागि प्राधिकरण विभाजन गर्नै पर्ने सांसदहरूकाे माग छ । संसदमा कुरा पनि उठेका छन् । मन्त्री पाण्डे र महानिर्देशक अधिकारीकाे स्वार्थ मिलेपछि विधेयक गायब बनाइएको आराेप लागेका बेला मन्त्री पाण्डेलाई भ्रष्टाचारको अभियाेग लागेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया