सहकारी काण्डमा पक्राउ परेका रवि तथा धनराजा र ऋषिकेशबारे ओलीले दिए प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सहकारी ठगी प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।

बिहीबार कान्तिपुर कन्क्लेभको अन्तिम सत्र परिसंवादमा बोल्दै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा पक्राउ परेको बताए ।

उनले अदालतको अनुमतिमा पक्राउ परेकाले निर्दोष अथवा दोषी ठहर हुँदा आफ्नो भूमिका नहुने बताए ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि बयान लिने र अनुसन्धान भइरहेको प्रधानमन्त्री ओलीले बताए ।

लेखा समिति सभापति ऋषिकेश पोखरेल पनि दोषी देखिए पार्टीले नजोगाउने प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले दल त्याग सम्बन्धी कानून विहीनता रहेको बताए । उनले दल दल त्याग सम्बन्धी कानुन भएर नियमावलीले चलिरहेको र नियमावलीले लामो समय चलाउन नसकिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले दल त्यागसम्बन्धी कानून संसदबाटै ल्याए पनि एमाले कांग्रेससंग दुईतिहाइ रहेको बताएका छन् ।

संघीयता कार्यान्वयनसँग जोडिएको निजामती कर्मचारी र संघीय प्रहरी ऐन उपयुक्त हिसाबले आउने प्रधानमन्त्री ओलीले बताएका छन् ।

Published : Thursday, 2024 November 14, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया