डडेल्धुरामा नेता, कार्यकर्ता भेट्दै सभापति देउवा निकै खुसी, स्थानीयद्वारा स्वागत (तस्बिर)
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई गृहजिल्ला कात्तिक २६ गते गृहजिल्ला डडेलधुरामा शुभेच्छुक, नेता, कार्यकर्ताले भव्य स्वागत गर्नुका साथै आफ्ना समस्याहरू राखेका छन् ।
देउवालाई पार्टीका नेता कार्यकर्ताले ठाउँठाउँमा स्वागत गरेका छन् । आफूले पटक पटक मतदान गरेर विजयी बनाएका देउवालाई घरआँगन र टोलमा भेट्दा मतदाताहरू खुसी भएका छन् । देउवाले नै सुदूरपश्चिमलाई काठमाडौंसँग जोडेका हुन् । देउवाकै कारण सुदूरपश्चिमले काठमाडौंमा आफ्नो पहिचान बनाएको डडेल्धुराका स्थानीयले बताउने गरेका छन् ।
सभापति देउवाले डडेल्धुरामा रहेका विभिन्न देवीदेवताको पूजाआजा समेत गरेका छन् । सभापति देउवा समक्ष डडेल्धुराका स्थानीय तहका जनप्रतिनिधि, कार्यकर्ता एवं विभिन्न राजनैतिक दलहरूले विभिन्न माग राख्दै योजना निर्माण गर्न मागपत्र बुझाएका छन् ।
सभापति देउवा बिहीबार अजयमेरु गाउँपालिका–१ पुइलेक र २ को चमडामा पुगेर कार्यकर्तासँग भेटघाट गरेका छन् ।
शुक्रबार सभापति देउवाको जन्मथलो गन्यापधुरा गाउँपालिका –१ रुवाखोलामा रहेको असियु देवताको पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।
गृहजिल्ला डडेल्धुरामा सभापति देउवाले अन्य कार्यक्रममा अतिरिक्त कांग्रेस कार्यकर्तालाई भेटघाटलाई समेत निरन्तरता दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया