सभापति देउवाद्वारा प्रस्तावित पुइलेक विमानस्थलको निरीक्षण

पुइलेक । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पुइलेक विमानस्थलको निरीक्षण गरेका छन् ।

डडेल्धुरामा प्रस्तावित पुइलेक विमानस्थल अजयमेरु गाउँपालिका–१ पुइलेक डाँडाको बिहीबार निरीक्षण गरेका हुन् ।

देउवाले निरीक्षणपछि हवाई मैदानको सम्भाव्यता अध्ययन गरेर विमानस्थल निर्माण गरिने बताएका छन् । विक्रम संवत् २०७६ मा विमानस्थल निर्माणका लागि पुइलेकमा स्थान छनोट गरिएको थियो ।

नागरिक उड्डयन प्राधिकरणको टोलीले स्थलगत अध्ययनका आधारमा साविक समैजी गाविसको पुइलेकदेखि बयलडाँडासम्मको क्षेत्र उपयुक्त हुने बताएको छ । विमानस्थल निर्माणका लागि सर्वेक्षण भएको थियो ।

डोटी, दार्चुला, बैतडी, बझाङको केन्द्रबिन्दु भएकै कारण डडेल्लधुरामा विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमको दुर्गमका बासिन्दाले यातायातमा राहत पाउने छन् ।

Published : Thursday, 2024 November 14, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया