प्यूठान एमालेका दुईजना युवाहरू कांग्रेसमा प्रवेश, मन्त्री राणाद्वारा स्वागत
मसुरिया । नेपाली कांग्रेसमा नेकपा (एमाले) परित्याग गरि प्यूठानका दुई जना युवाहरू पार्टी प्रवेश गरेका छन् ।
बुधबार देउखुरीको मसुरियामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री समेत रहेका कांग्रेस नेता रोज राणाले दुईजनालाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
कांग्रेस प्रवेश गर्नेहरूमा प्यूठान नगरपालिका वडा नम्बर ८ दम्तीका बिक्रम के.सी. र संयोजन के.सी. रहेका छन् ।
प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत रहेका मन्त्री राणाले नवप्रवेशी युवाहरूलाई कांग्रेसको नीतिअनुसार संगठन निर्माणमा काम गर्न निर्देशन दिएका छन् । पार्टी संगठनमा गर्ने सहयोगअनुसार क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिइने मन्त्री राणाले बताए ।
यसअघि पनि मन्त्री राणाले एमाले, राजमो लगायत विभिन्न दल परित्याग गरेका सयौँ नेता कार्यकर्तालाई कांग्रेसमा स्वागत गरिसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया