रास्वपाका नेता कार्यकर्ताको घुसपैठ हुनेवित्तिकै सहकारीपीडितको आन्दोलन अराजक, उत्तेजक बन्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताको घुसपैठ भएकै दिन सहकारी पीडितहरूको प्रदर्शन हिंसात्मक र अराजक बनेको छ ।

बुधबार काठमाडौंको माइतीघरमा सहकारीपीडितहरूले प्रदर्शन गरेका थिए । उनीहरूको प्रदर्शनमा रास्वपाकी नेतृ सुमना श्रेष्ठसहितका नेता कार्यकर्ताले ऐक्यवद्धता जनाएका थिए । रास्वपाले ऐक्यवद्धता जनाएकै दिन सहकारीपीडितको प्रदर्शन आरजक र उत्तेजक बनेको छ ।

माइतीघर मण्डलामा प्रहरी र सहकारीपीडितबीच झडप भएको छ । थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो ।

जुलुस अगाडि बढ्न खोज्दा झडप भएको हो । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरूले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

ललितपुरको पुल्चोकमा भेला भएका सहकारी पीडितहरू नाराबाजी गर्दै माइतीघरतर्फ आएका थिए । माइतीघर नजिकै आइपुग्दा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो ।

यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आएका सहकारीपीडितहरूको आन्दोलनलाई तुहाउन रास्वपाका नेता कार्यकर्ताले घुसपैठ गरेर आरजक र उत्तेजक बनाएको आरोप लागेको छ ।

रास्वपाका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने सहकारीको करोडौं रकम अपचलन र ठगी प्रकरणमा पक्राउ परेका छन् ।

लामिछानेलाई छुटाउन दवाव दिने उद्देश्यले रास्वपाका नेता कार्यकर्ताले सहकारीपीडितको आन्दोलनमा समर्थन गरेको बहानामा ऐक्यवद्धता जनाएर आन्दोलन तुहाउने रणनीतिमा लागेका छन् ।

Published : Wednesday, 2024 November 20, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया