प्रजातन्त्रको लागि म र प्रधानमन्त्री केपी ओलीले जेल जीवन बिताउनुपरेको छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि आफू र केपी ओली जेल जीवन बिताउनु परेको बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको कार्यक्रममा सभापति देउवाले प्रजातन्त्रको लागि आफू र प्रधानमन्त्री केपी ओलीले जेल जीवन बिताउनुपरेको बताए । उनले प्रजातन्त्रको विरुद्धमा संविधान संशोधन नहुने बताए ।
‘संविधान संशोधन किन भनिरहेका छन् । यमसा एउटा कुरा भनिहालौँ’, सभापति देउवाले भने, ‘जस्तो उपराष्ट्रपतिको जस्तो भारतमा व्यवस्था छ, त्यस्तै उपराष्ट्रपति ल्याएर राष्ट्रिय सभाको अध्यक्ष बनाउने खास हाम्रो सल्लाह भएर नै संविधान संशोधन भनिएको हो ।’
‘अरु प्रजातन्त्रको खिलाफमा, प्रजातन्त्रलाई कमजोर बनाउने कुरा मै मान्दिनँ’, उनले भने, ‘धेरै लडेको मान्छे हो, प्रजातन्त्रको लागि, जेल परेको मान्छे हो । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रजातन्त्रको लागि लडेको मान्छे हो ।’
उनले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुने बताए । देउवाले भारत लगायतका देशमा पनि उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने व्यवस्था रहेको बताए ।
उनले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्ने सहमति भइसकेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया