काठमाडौंको हाँडीगाउँबाट श्रेष्ठ पक्राउ

काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ३७ वर्षीय राजेश श्रेष्ठलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३२ ठेगाना भएका श्रेष्ठलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रहरी टोलीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–५ हाडीगाँउबाट पक्राउ गरेको छ । श्रेष्ठले सामाजिक संजाल फेसबुक, ह्वाट्सएपमा सम्पर्क गरी अमेरिकाको नागरिक हाल मिसनको लागि सिरियामा रहेको बताई ठगी गरेको अभियोग लागेको छ ।

पीडितहरूलाई सिरियाको मिसनमा कमाएको केही डलर नेपालमा पठाईदिन्छु भनेर श्रेष्ठले ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले मिसन पश्चात नेपालमा आई अस्पताल खोल्ने भन्दै अनाथहरूलाई सहयोग गर्ने बताउने गरेका थिए ।

बाँकी रहेको डलर पीडितहरूलाई दिने बताएर कुरियरमार्फत डलर पठाएको छु भनेर विश्वास दिलाई कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ्ग लगायतको चार्जको लागि रकम लाग्छ भनी नगद ७ लाख ७५ हजार रूपियाँ विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाताहरूमा पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2024 November 21, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया