सामाजिक सञ्जाल दुरुपयोग गरेर अपराध गरेका २१ वर्षीय पौडेल पक्राउ
काठमाडौं । नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गर्ने व्यक्तिलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ ।
नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पर्साको वीरगंज महानगरपालिका–३१ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–७ बस्ने २१ वर्षीय सुरज पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक संजाल फेसबुकमा फेक आईडीबाट दुबईमा वैदेशिक रोजगारको लागि सुवर्ण अवसर छ भनेर पौडेलले ठगी गरेका थिए ।
भिजिट भिषामा दुबईमा आई काम गर्न मिल्छ भनि बिज्ञापन पोष्ट गरी पीडितसँग म्यासेन्जर रह्वाट्सएपमा कुरा गरी नगद २ लाख १५ हजार रूपियाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया