अर्याल-वाग्लेबीच मारामार, सहकारी ठगका अभियुक्त लामिछानेले सभापति पद हिरासतमा राखे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा पक्राउ परेपछि नेतृत्व हत्याउने विषयमा विवाद भएको छ ।
रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल (डीपी) र स्वर्णिम वाग्लेबीच विवाद भएका कुराहरू बाहिर आएका छन् । अर्याल र वाग्लेबीच विवाद हुँदा रास्वपाको कार्यबाहक सभापतिको जिम्मेवारी लामिछानेले कसैलाई पनि दिएका छैनन् ।
सहकारी ठगका अभियुक्त लामिछाने झण्डै एक महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । जान्नेलाई छान्ने भनेर निर्वाचनमा मतदातालाई भ्रममा पारेर अत्याधिक मतसहित निर्वाचित भएका लामिछाने हिरासतमा रहँदा समेत कार्यबाहक दिएका छैनन् ।
अन्य दलका नेताहरूमाथि प्रश्न उठाउँदै आएका लामिछानेले आफूसँग हिरासतमा सभापति पदलाई पनि राखेका छन् । लामिछाने पदका लागि कति असत्त र लोभी छन् भन्ने कुरा पनि कार्यबाहक सभापतिको जिम्मेवारी नदिएकोबाट प्रष्ट भएको छ । आफूलाई सर्वेसर्वा र भगवानको अवतार ठान्ने लामिछानेले अर्याल र वाग्लेलाई मिलाउन सकेका छैनन् ।
यता, उपसभापतिद्वय अर्याल र वाग्लेबीच शीतयुद्ध चलिरहेको छ । कार्यबाहक सभापति कसले हत्याउने भनेर लामिछानेको गुलामी र चाकडी गरिरहेका छन् । चाकडी गर्ने बहानामा पोखरा र रुपन्देहीमा सहकारी ठगका अभियुक्त लामिछानेलाई बचाउन भन्दै नारावाजी र प्रदर्शनहरू गराएका थिए । अर्यालले पोखरा र रुपन्देहीमा भएका प्रदर्शनमा रास्वपाका केन्द्रीय सदस्य दीपक बोहरालाई खर्च पनि दिएको चर्चा छ । अर्याल र वाग्लेको चाकडीले लामिछानेमाथि कुनै काम गर्न सकेको छैन ।
वाग्लेले कार्यबाहक सभपाति पाउँछन् कि भनेर अर्याल निकै त्रसित बनेका थिए । पोखराको विरोधसभा कार्यक्रममा सम्बोधन गर्दा उपसभापति अर्यालले ‘जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो’ भनेर घोषणा गरे । अर्यालको यो अभिव्यक्तिलाई उपसभापति वाग्लेले रुचाएका छैनन् । वाग्लेले सोही साँझ आफू निकटका नेताहरूसँग अर्यालले चाकडीको पराकाष्टा नाघेको गुनासो गरेका थिए ।
सहकारी ठगका अभियुक्त लामिछाने रास्वपाको कार्यबाहक सभापति अर्याललाई बनाउन चाहेका छन् । लामिछानेलाई वाग्लेका कारण बाध्यता परेर कार्यबाहक सभापति कसैलाई नदिएर आफैसँग हिरासतमा राखेका छन् । लामिछानेको तयारी हेर्दा आफूसँगै अन्तिमसम्म पनि सभापति पद राख्ने तयारीमा छन् ।
अर्याल रास्वपाका संस्थापक हुन् । पार्टी चलाउन लामिछानेलाई आर्थिक सहयोग गर्ने हैसियत पनि राख्छन् । बेलाबेला सहयोग गर्दै पनि आएका छन् । वाग्ले नेपाली कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका हुन् । वाग्लेसँग अर्यला त्रसित छन् । आफ्नो भाग खोसिदिन्छन् कि भनेर वाग्लेसँग अर्याल डराउने गर्छन् । लामिछानेले पनि वाग्लेलाई भन्दा अर्याललाई नै च्याप्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया