तरुण अध्यक्ष गुरुङद्वारा असहाय बालबालिकाहरूलाई खाद्यान्न र न्यानो कपडा वितरण

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नयाँ जीवन नेपाल संस्थामा रहेका असहाय बालबालिकालाई खाद्यान्न र न्यानो कपडासहितका सामग्री प्रदान गरेका छन् ।

अध्यक्ष गुरुङले आफ्नो जन्मदिनको अवसर पारेर असाहय बालकालिकाहरूलाई सहयोग गरेका हुन् । गुरुङले जन्मदिनको अवसरमा असहाय बालबालिकाहरूलाई सबैले सहयोग गर्दा सानो भए पनि राहत हुने बताए ।

काठमाडौं क्षेत्र नं.३ मा नयाँ जीवन नेपालका असहाय बाल आश्रमलाई अध्यक्ष गुरुङले खाद्य सामग्री र न्यानो कपडाहरू वितरण गरेको संस्थाको अध्यक्ष राजन खनालले बताए ।

संस्थामा ४ वर्ष उमेरदेखि चौवीस वर्षसम्मका पच्चीस जना बालबालिकाहरू आश्रममा आश्रित छन् । संस्था भाडाको भवनमा बस्दै आएको छ ।

संस्थाका अध्यक्ष खनालले आफ्नो जन्मदिनका अवसरमा तरुण दलका अध्यक्ष गुरुङद्वारा मानवीय कार्य गरेको भन्दै धन्यवाद दिएका छन् ।

कार्यक्रममा अध्यक्ष गुरुङ, प्रीती श्रेष्ठ गुरुङ, आमा धनकुमारी गुरुङ, तरुण नेताहरू लगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2024 November 22, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया