प्रहरीको सेवा उमेर ६० वर्ष र तल्लो दर्जाले १६ वर्षे सेवापछि अवकास लिने विधेयकमा गृहमन्त्रीद्वारा हस्ताक्षर
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सेवा उमेर ६० वर्ष र तल्लो दर्जाले १६ वर्षे सेवापछि अवकास लिने विधेयकमा हस्ताक्षर गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखकले विधेयकमा हस्ताक्षर गरेको निजी सचिवालयले जनाएको छ ।
‘सेवा उमेर ६० वर्ष र तल्लो दर्जाले १६ वर्षे सेवापछि अवकास लिन पाउने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धि कानून ६९ वर्षपछि नयाँ निर्माण हुँदै’, गृहमन्त्री लेखकको सचिवालयले भनेको छ ।
‘संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृतिको लागि गृहमन्त्री रमेश लेखकज्यूले विधेयकमा हस्ताक्षर गर्नुहुँदै’, प्रेस नोटमा भनिएको छ ।
‘विधेयक मन्त्रिपरिषदले स्वीकृत गरेपछि संसदको आगामी अधिवेशनमा पेस हुनेछ’, निजी सचिवालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया